News Portal

  • ४५ बर्षीय पुरुषले गरे आत्मदाह

    जनगर्जन संवाददाता
    ८७ पटक

    बागलुङ, २१ चैत – पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।

    वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताउनुभयो ।

    मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।

    ‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । आत्मदाह किन गरे भन्ने कुरामा प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्