News Portal

  • तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेकपा भक्तपुरद्वारा सरकारलाई खबरदारी

    जनगर्जन संवाददाता
    १९३ पटक

    भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी ओली नेतृत्वको सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेपाल सरकारलाई नेकपा भक्तपुरले खबरदारी गरेको छ ।

    पार्टी केन्द्रीय समितिले तय गरेका सघर्षका कार्यक्रम अनुसार नेकपा भक्तपुरले च्यामासिङमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।
    उक्त कोणसभालाई अखिल नेपाल जनसाँस्कृतिक महाङ्घका केन्द्रीय महासचिव कुशल सी ले सम्बोधन गर्दै राज्यले आफुहरुकाे सहनशिलता र इमानदारीतालाई कमजोर ठानेको बताए ।
    तीन बुँदे सहमति अनुसार पार्टीका नेता कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्दा खारेज तथा जेल जीवन बिताई रहनु भएका पार्टीका नेता कार्यकर्ता तत्काल रिहाई नगरे ठूलो मूल्य चुकाउनु पर्ने धारणा राखे ।
    कुशलले दलाल र साम्राज्यवादीको निर्देशनमा अध्यादेश रोकिएको बताए । नेपालमा केही संसदवादी राजनीतिक पार्टीका नेताहरु विदेशीको दलाली गर्ने र उनीहरुकै जुठोपुरो खाएर देश र जनतामाथि घात गर्ने बाहेक अरु केही पनि नगर्ने बताएका छन् । भ्रष्टाचारीमाथि कार्वाही र दलाल संसदीय व्यवस्थाको विरोध गरेकै कारण विगतमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको र नेता कार्यकर्ताहरुलाई गिरफ्तारी गरि झुट्टा मुद्दा लगाएको भन्दै उनले तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी ल्याइएको अध्यादेश रोक्नु गलत भएको जिकिर गरे 

    कार्यक्रममा नेकपाका भक्तपुरका सेक्रेटरी देव सी लगायतले बोल्दै हरेक षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने बताएका छन् । 

    पार्टी केन्द्रले घोषणा गरेको पाँच दिने संघर्षका कार्यक्रम अनुसार भक्तपुर जिल्लाका विभिन्न स्थानमा पाैष ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेको पार्टीका पिबिएम आस्थाले जानकारी दिइन् ।

    कोणसभामा पार्टी पिबिएम आस्था सी, सिसिएम तथा अ.ने.म. संघ क्रान्तिकारी केन्द्रीय महासचिव राजकुमारी सी, पार्टी केन्द्रीय सदस्य विजय सी लगाएत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो

    प्रतिकृया दिनुहोस्