News Portal

  • लाल मोहम्मदको हत्यारालाई पेस्तोल व्यवस्थापन गर्ने महोरमसहित तीन जना पक्राउ

    जनगर्जन संवाददाता
    ३८४ पटक

    काठमाडौं । काठमाडौंको गोठाटारमा गोलि हानी हत्या गरिएको लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका महोरम मियाँसहित ३ जनालाई पक्राउ गरेको हो ।

    पेस्तोल व्यवस्थापन गर्ने मियाँलाई गत शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । त्यसैगरी घटना हुनु पूर्व रेकी गर्ने कार्यमा संलग्न रहेको भन्दै मकवानपुरकी २१ वर्षीय सुमी भन्ने सुस्मिता स्याङतान र हतियार व्यवस्थापन गर्ने मध्येका अर्को रेहान मियाँलाई पनि पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

    गत असोज ३ गते सोमबार काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए । घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ ।

    घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्