News Portal

  • चार कम्युनिस्ट पार्टीहरुद्धार संयुक्तरुमा काभ्रेपलान्चोकमा बुझाए ज्ञापनपत्र

    जनगर्जन संवाददाता
    ४४६ पटक

    काभ्रेपलान्चोक , १ भदौ । जिल्लाका चार कम्युनिस्ट पार्टीहरुको संयुक्त हस्ताक्षरमा तत्कालीन केपि वलि सरकारले नेकपा संग गरिएको तीन बुदे सम्झौताको वर्तमान देउवा सरकारले ठाडो उल्लंघन गरि नेकपाका महासचिव क. बिप्लव, प्रवक्ता क. प्रकाण्ड लगायतका नेताकार्यकर्ताहरुको पक्राउ पुर्जिका विरुद्ध, राष्ट्रघाती MCC, SPP सम्झौताको खारेजी र महङगि तथा मुल्यबृदी विरुद्ध नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज क. आधारको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यलय काभ्रेपलान्चोक मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यलयलाई मागपत्र बुझाइयको छ ।

    गत साउन १६ गते जिल्ला अदालत ललितपुरले  पार्टीका महासचिव  विप्लप सहित २८ जना शिर्ष नेताहरु माथी ३५ दिने पक्राउ पुर्जि जारी गरेको थियो । त्यस बिरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै  पक्राउ पुर्जि फिर्ताको माग गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी काभ्रेपलान्चोक   जिल्ला सेक्रेटरी प्रेरक , नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका देब सि लामा नेपापा   माओवादी समाजवदीका योगश लामाद्धारा हस्ताक्षरित ४ बुँदे ज्ञापन पत्रमा एमसिसी र एसपीपी परियोजनालाई राष्ट्रघाती परियोजनाको संज्ञा दिदै चार कम्युनिस्ट पार्टीहरुले  आन्दोलनरत रहेको उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्