News Portal

  • नेकपाद्वारा लोकपालप्रति श्रद्धाञ्जली व्यक्त

    जनगर्जन संवाददाता
    ३२६ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पूर्व इन्चार्ज तथा सल्यान जिल्लाका लोकप्रिय नेता महेन्द्र के.सी ‘लोकपाल’ को असामयिक निधनप्रति शोक व्यक्त जारी गरेको छ ।

    पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै नेता लोकपालको निधनले स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोकमग्न परिवार र आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

    घटनास्थलका कतिपय शंकास्पद अवस्थाबारे पनि अध्ययन भइरहेको विज्ञप्तीमा जानकारी गराइएको छ ।
    विज्ञप्तीमा भनिएको छ, ‘विगत जनयुद्धदेखि हाल एकीकृत जनक्रान्तिका क्रममा समग्र क्रान्ति र सल्यानी जनसमुदायप्रतिको उहाँको योगदान सदैव स्मरणीय हुनेछन् । उहाँको निधनले पार्टी आन्दोलनमा निकै क्षति पुगेको अनुभूति भइरहेको छ ।’

    प्रतिकृया दिनुहोस्