News Portal

  • अदालतको फैसलापछि गोकुल बाँस्कोटाले भने-इतिहासका निर्माता जनता हुन्

    जनगर्जन संवाददाता
    ६८८ पटक

    काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजनीति धारा÷दफाको गोलचक्करमा सिमित नहुने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् पूनर्गठनलाई बदर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेशपछि यस्तो बताएका हुन् ।

    सामाजिक सञ्जालमा लेखेका छन्-“अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुदैन।ती विगत र वर्तमान हुन। तर राजनीति विगत,वर्तमान र भविष्य पनि हो।उत्पादन सङघर्ष,सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट श्रृजना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनितीले मात्र गर्छ है।इतिहासका निर्माता जनता हुन।”

    प्रतिकृया दिनुहोस्