News Portal

  • नाइट क्लब, दोहोरी साँझ पनि खुल्दै

    जनगर्जन संवाददाता
    ७०६ पटक

     

    काठमाडौं । पर्यटन व्यवसायको क्षेत्र क्रमिक रुपमा खुल्दै गएको बेला रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुल्ने भएको छ । रात्रीकालिन सेवा सञ्चालनका लागि व्यवसायीहरुले माग गरिरहेका बेला सरकारले नाइट क्लब, दोहोरी साँझ, बार लगायतका रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु खोल्ने भएको हो ।

    यस्तो सेवा आउदो साताबाटै खुल्ला गर्ने सरकारले तयारी गरेको छ । रात्रीकालिन सेवा पुनः चालनका लागि नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई हालै मात्र प्रस्ताव पठाएको छ । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा पनि बजार व्यवसाय चलायमान गराउनका लागि आवश्यकताका आधारमा रात्रीकालिन सेवा पनि खोल्नुपर्ने देखिएकाले बोर्डले स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको पर्यटन बोर्डका कार्यकारी निर्देशक (सिइओ) जनन्जय रेग्मीले बताए ।

    अहिले सबै क्षेत्र क्रमशः खुल्दै गएको अवस्था हो । पर्यटन यातायात हवाई क्षेत्र मात्र नभएर अन्य व्यवसायिक क्षेत्र समेत क्रमशः खुल्दै गएको छ । यस्तो अवस्थामा रात्रीकालिन मनोरञ्जनका क्षेत्रलाई मात्र रोकि राख्नु उचित हुँदैन । सो व्यवसायले पनि गरिखान पाउनुपर्छ । त्यसैले हामीले सो क्षेत्रलाई समेत खुल्ला गर्नुपर्ने निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव पठाएका छौं ।’ सिइओ रेग्मीले भने, ‘यो विषयमा मन्त्रालय पनि सकारात्मक छ । सम्भवत अर्को सातादेखि नै यो क्षेत्र खुल्नेछ ।’ हाल कोभिड–१९ का कारण रात्रीकालिन मनोरञ्जन सेवाहरु प्रायः ठप्प छ । रात्रीकालिन मनोरञ्जन सेवाको मुख्य हब मानिएको काठमाडौंको ठमेल, पोखरा, धरान लगायतका क्षेत्रहरु कोभिडकै कारण प्रभावित हुँदै आएका छन् ।

    अन्तर्राष्ट्रिय हवाई सेवा र पर्यटन आगमनलाई समेत स्वीकार्ने सरकारीको पछिल्लो निर्णयसँगै अब रात्रिकालिन मनोरञ्जन व्यवसायको माग र आवश्यकता बढ्ने देखिएसँगै सरकारले सो क्षेत्र पनि खुल्ला गर्ने नीति लिएको हो ।

    प्रतिकृया दिनुहोस्