News Portal

  • काठमाण्डौको दक्षिणकालीमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु

    जनगर्जन संवाददाता२०८१ भाद्र २७
    ४० पटक

    काठमाण्डौ । काठमाण्डौको दक्षिणकालीमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपाल सरकारको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाण्डौको दक्षिणकाली नगरपालिका भित्र उत्पादन भएका उत्पादित लगभग दुई हजार किलो तरकारी आज कतार पठाएको दक्षिणकालीका मेयर मोहन बस्नेतले बताएका छन ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेर निर्यातको शुरूवात गरेको बताएका छन । कार्यक्रममा कृषि विभागका महानिर्देशक डाक्टर नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताएका छन ।

    ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रर्वदन कार्यक्रम अन्तर्गत काठमाडौको दक्षिणकालीमा तरकारी खेती गरिएको थियो । आज कतार पठाइएका तरकारीमा रातो चेरी खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका तरकारीहरु रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन,विषादीरहित र गुणस्तर सुनिश्चित गरेको र कतारको बजारमा रुचाइने नेपालका लागि कतारी राजदूत अन्सारीले बताएका छन ।

    प्रतिकृया दिनुहोस्