News Portal

  • शेयर बजारअहिले सम्मकै सबैभन्दा उचाईमा पुग्यो नेप्से

    जनगर्जन संवाददाता
    ७७३ पटक

    पुष १६ काठमाण्डौं । विगत समयमा राजनीतिक अस्थीरताले ओरालो लाग्ने गरेको शेयर बजारले यस पटक त्यस्तो अस्थीरता पचाएको छ । पुष ५ मा संसद विघटन पछि अब शेयर तल झर्ने अनुमान विपरीत शेयर निरन्तर उकालो लाग्दै ईतिहास बनाएको छ ।आज नेप्से परिसूचक २५.२१ अंक बढ्दै २०८७.२७ विन्दुमा पुग्यो । यस अघि नेप्सेको उच्च वृद्धि २०७१.०३ विन्दु थियो।

    आज दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, एभरेष्ट बैंकको शेयरमूल्य यस दिन ६.६७ प्रतिशत, गुडविल फाइनान्सको ५.९७ प्रतिशत, लक्ष्मी बैंकको ५।९३ प्रतिशत, सिद्धार्थ बैंकको ५.५७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.१७ प्रतिशत बढेको छ।

    बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेर हरियो भएको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.९७ प्रतिशत, अन्यको १.४५ प्रतिशत र जीवन बीमाको १.४५ प्रतिशत बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

    प्रतिकृया दिनुहोस्