News Portal

  • नेप्से २५ सय बिन्दु भन्दा तल,शेयर बजार आज पनि ओरालो लाग्यो

    जनगर्जन संवाददाता
    ९८६ पटक

     

    फागुण १६ काठमाण्डौं । साताको पहिलो दिन कारोबार  नेप्से आज पनि ओरालो लागेको छ । आज पहिलो कारोबार दिनमै करीब ८० अंकले घटेर परिसुचक २५०० बिन्दु भन्दा तल ओर्लिएको छ ।

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६८ अंक घटेको छ।

    आज २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

    प्रतिकृया दिनुहोस्