News Portal

गुडवील सहकारीका अध्यक्ष ८० करोड रुपैंया ठगेको आरोपमा पक्राउ

जनगर्जन संवाददाता
१४०१ पटक

झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपमा ललितपुरको कुमारीपाटीस्थित ठुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरील किटानी जाहेरीको आधारमा अध्यक्ष श्रेष्ठलाई प्रहरीले चितवन,भरतपुरबाट नियन्त्रणमा लिएको हो। उनलाई अहिले जाउलाखेल ल्याइएको छ।

प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए।

उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ।

श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ।

उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्