News Portal

एसईई २०८१ को नतिजा आज साँझ ६ बजे सार्वजनिक हुँदै

जनगर्जन संवाददाता२०८२ आषाढ १३
२३ पटक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ। केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार आवश्यक प्राविधिक तयारीहरू पूरा भइसकेको छ र अब नतिजा प्रकाशित गर्न कुनै बाधा छैन।

एसईई २०८१ को परीक्षा गत चैत ७ गतेदेखि देशभर सञ्चालन गरिएको थियो। यस वर्ष नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

नतिजा एसएमएस, वेबसाइट तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। परीक्षा बोर्डले नतिजा हेर्न सकिने वेबसाइट र सेवा प्रदायकहरूको सूची केहीबेरमै सार्वजनिक गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्