News Portal

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

जनगर्जन संवाददाता२०८१ बैशाख २३
२५८ पटक

ललितपुर महानगरपालिका वडा न. १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

आगलागीमा परी घाइते हुनेमा सन्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनीहरुका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरी छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएको एसपी सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलको समेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्