News Portal

बुटवलको मिलनचोक स्थित डेल्टा मार्टमा आगलागी

जनगर्जन संवाददाता२०८१ आषाढ ७
२४९ पटक

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा मार्टमा आज आगलागी भएको छ । आज साँझ साढे ६ बजेतिर आगो लागि भएको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोसाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गर्दैछ ।

प्रतिकृया दिनुहोस्