News Portal

  • अझै नियन्त्रणमा आउन सकेन डेल्टा मार्टमा लागेको आगलागी

    अहिले बुटवलसहित सिद्धार्थनगर, सैनामैना, लुम्बिनी, तिलोत्तमा लगायत पालिका, नेपाल आयल निगम र भैरहवा विमानस्थलको समेत गरी १३ वटा दमकल प्रयोग भइरहेको छ।

    जनगर्जन संवाददाता२०८१ आषाढ ७
    १११ पटक

    बुटवल । बुटवलको मिलनचोक‌स्थित डेल्टा मार्टमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

    आज साँझ लागेको आगलागी निभाउन नियमित प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन ।

    उनका अनुसार डेल्टा मार्टको चौथो तलाबाट आगलागी सुरू भएको हो। यो मार्टमा जुत्तादेखि लुगा, खाद्यान्न बजार र एजुकेसन मार्ट रहेको जनाईएको छ

    सुरूमा ६ वटा दमकलले आगो निभाउने प्रयास गर्दा पनि नसकेपछि पूरै भवनमा आगो लागेको छ।

    अहिले बुटवलसहित सिद्धार्थनगर, सैनामैना, लुम्बिनी, तिलोत्तमा लगायत पालिका, नेपाल आयल निगम र भैरहवा विमानस्थलको समेत गरी १३ वटा दमकल प्रयोग भइरहेको छ।

    प्रतिकृया दिनुहोस्