News Portal

अखिल ( समाजवादी) पाटन क्याम्पसमा जनक बहादुर शाहीको टिमले सार्वजनिक गर्यो ४० बुँदे प्रतिबद्धा पत्र

जनगर्जन संवाददाता२०८१ चैत्र २
१८४ पटक

ललितपुर, चैत्र १, २०८१ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियू निर्वाचन नजिकिँदै गर्दा पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाही सभापति पदका उम्मेदवार बनेका छन्। उनकाे नेतृत्वमा रहेको २१ सदस्यीय टिमले विधिवत रूपमा फागुन २७ गते उम्मेदवारी दर्ता गराएको थियो।

आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ। सभापति पदका उम्मेदवार जनक बहादुर शाही रहेका छन् भने सचिव पदमा अरुण कुमार राणा, कोषाध्यक्षमा बिमा रोकाया, र सदस्य पदमा सन्दिप चन्द, सविना शाही, समीत बोहरा, सितला शाही, विशेष बुढा मगर, मिरा शाही, कविता तिरुवा, रमेश खत्री लगायतले उम्मेदवारी दिएका छन्।

अखिल (समाजवादी) ले आफ्नो चुनावी घोषणापत्रस्वरूप ४० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। यस प्रतिबद्धता पत्रमा समृद्ध विश्वविद्यालय, वैज्ञानिक शिक्षा, र आफ्नै देशमा रोजगारी सिर्जना गर्ने जस्ता मुख्य विषयहरू समेटिएका छन्।

४० बुँदे प्रतिबद्धता पत्र
त्रिविको नितिगत र प्रशासनिक सुधारको पक्षमा
१) त्रिभुवन विश्वविद्यालयमा दलाल राजनीतिको हस्तक्षेप अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक र प्रशासनिक स्वायत्तता प्रदान गर्ने । त्रिविमा पूर्ण मेरिटोक्रेसी लागु गर्न संघर्ष गर्ने ।
२) त्रिविमा राज्यको लगानी बढाउँदै विद्यार्थीलाई ज्ञान, श्रम, उत्पादन र समृद्धिसँग जोड्न पहल गर्ने । आगिक र सामुदायिक क्याम्पसहरुको विकासमा विशेष पहल गर्ने ।
३) शिक्षामा प्रयोग भएको नवउदारवादी नीतिका विरुद्ध संघर्ष गर्ने । विद्यार्थीलाई समाजवाद निमार्णका संवाहकको रुपमा विकास गर्न पहल गर्ने ।
४) त्रिविका पाठ्यक्रमको समयसापेक्ष सुधारका लागि संघर्ष गर्ने । विज्ञान, प्रविधि, कृषि, वन, इन्जिनियरिङ जस्ता विषयमा ५०% सैद्धान्तिक र ५०% प्रयोगात्मक बनाउन पहल गर्ने । सैद्धान्तिक विषयहरुमा केही प्राविधिक सीप अनिवार्य सिकाउने । स्नातक तहका विभिन्न विषयलाई ३ बर्षे बनाउन पहल गर्ने ।
५) त्रिविको पुनर्संरचना र विकेन्द्रीकरण गरी त्रिविलाई संसारको एक उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने । त्रिवि सेवा आयोगलाई व्यवस्थित बनाउन पहल गर्ने ।
६) त्रिविको शैक्षिक क्यालेण्डर लागु गर्न पहल गर्ने । परीक्षा प्रणालीलाई चुस्त बनाउने ।
७) त्रिविमा समयसापेक्ष विकसित नयाँ शैक्षिक विषय र विधाहरू थप गर्न पहल गर्ने । ग्रामिण क्षेत्रका क्याम्पसहरुमा नियमित पठनपाठनको व्यवस्था गर्न पहल गर्ने । प्राविधिक शिक्षामा जोड दिने ।
८) नेपालको पर्यटन एवं हिमालय क्षेत्रको खोज र विकास गर्न विशेष पहल गर्ने ।
९) त्रिविका आगिक मेडीकल र इन्जिनियरिङ कलेजहरु थप गर्न पहल गर्ने । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन पहल गर्ने ।
१०) आधुनिक समाज र विज्ञान प्रविधि सहितको समाजवादी चेत र देशभक्तिपूर्ण नागरीक निमार्ण गर्ने वातावरण तयार गर्ने । विद्यार्थी राजनीतिलाई समाजवादी चरित्रको बनाउने । विद्यार्थीको समग्र विकासका लागि विशेष पहल गर्ने ।
११) संसारका अन्य विश्वविद्यालयहरुसँग खोज, ज्ञान र प्रविधिमा सहकार्य गरी त्रिविको प्रागिक स्तर उठाउन पहल गर्ने ।
विद्यार्थी अधिकारका पक्षमा हाम्रो प्रतिबद्धता
१२) शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन पहल गर्ने ।
१३) छात्रवृत्ति थप, व्यवस्थित र पारदर्शी बनाउने । लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न पहल गर्ने ।
१४) एक क्याम्पस एक उत्पादन र पढ्दै कमाउदै नीति लागु गर्ने । त्रिविमा Career Counselling विभाग गठन गर्ने र Part Time Job का लागि विशेष संयन्त्र निमार्ण गर्न पहल गर्ने ।
१५) कानून विश्वविद्यालय स्थापनाको पहल गर्ने । M.Phil र Ph.D को भर्ना सेमेस्टर प्रणालीमा खोल्न पहल गर्ने ।
१६) प्रत्येक विद्यार्थीको अनिवार्य बैंक खाता खोल्ने र वित्तीय साक्षरता बढाउने । विद्यार्थीको दैनिक अनिवार्य बचतको नीति लिने ।
१७) विश्वविद्यालय तथा क्याम्पसहरूलाई बन्दरहित, सम्मानित क्षेत्रका रूपमा विकास गर्ने । तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने ।
१८) आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारीमाथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहार विरुद्ध संघर्ष गर्ने ।
१९) स्ववियुलाई समयसापेक्ष विकास र रुपान्तरण गर्ने । स्ववियुमा हुने विकृतिको अन्त्य गर्ने । क्याम्पसहरुमा विद्यार्थी सहायता कक्ष स्थापना गर्ने ।
२०) महिला, अपांगता, मधेसी, आदिवासी, जनजाति, श्रमिक समुदाय, मुस्लिम, विपन्न र सिमान्तकृत समुदायका विद्यार्थीहरूको शिक्षामा पहुँच र समान अवसरको सुनिश्चितता गर्न विशेष पहल गर्ने ।
२१) विद्यार्थी विशेष स्वास्थ्य विमा र नियमित स्वास्थ्य चेकजाँचको विशेष कार्यक्रम लागु गराउने ।
२२) विश्वविद्यालय र उघोग एवं अर्थतन्त्र बीच सम्बन्ध स्थापना गर्न पहल गर्ने । यसका लागि विशेष संयन्त्र (Academia-Industry Network) निमार्ण गर्ने ।
२३) विद्यार्थीलाई अनिवार्य Paid Internship को व्यवस्था गर्ने । राज्यद्वारा शैक्षिक प्रमाणपत्रको धितोमा रिण उपलब्ध गराउन विशेष पहल गर्ने ।
२४) विश्वविद्यालयमा बिहानी कक्षा संचालनका लागि विशेष पहल गर्ने ।
२५) विद्यार्थीलाई स्टार्टअपको अवसर सिर्जना गर्न प्रत्येक क्याम्पसमा Innovation Fund स्थापना गर्ने । यसलाई नयाँ योजना र सोचमा लगानी गर्ने ।
२६) डिजिटल त्रिविको नीति लागु गरी विश्वविद्यालयलाई अनलाइन अध्ययन प्रणाली र अटोमेशनमा लान पहल गर्ने ।
२७) विश्वविद्यालयलाई पठनपाठन मात्र नभई शोध र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने । उच्च शिक्षा नेपालमै अध्ययन गर्ने वातावरण सिर्जना गर्ने ।
२८) दक्ष प्राध्यापकहरुको व्यवस्था गर्न पहल गर्ने । उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षण पेशामा प्रवेश गराउन पहल गर्ने ।
२९) त्रिभुवन विश्वविद्यालयको छात्र र छात्रा होस्टेलको क्षमता बढाउने । कम्तिमा १५०० विद्यार्थी अटाउने सुविधा सम्पन्न छात्र र छात्रा होस्टेलको निर्माण गर्न पहल गर्ने ।
३०) विद्यार्थीको सिकाईलाई केन्द्रबिन्दुमा राखेर विभिन्न विषयमा सेमिनार, कार्यशाला, प्रशिक्षण तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने ।
३१) परीक्षा प्रणाली सुधार गरी समयमै नतिजा प्रकाशन र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन पहल गर्ने । शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयबाटै दिने र प्रमाणपत्रको माग फारम अनलाइनबाट भर्न मिल्ने व्यवस्था गर्न पहल गर्ने ।
३२) विश्वविद्यालय र क्याम्पसमा क्यान्टिन, शौचालय, इन्टरनेट र यातायात सेवा सुधार र थप गर्न पहल गर्ने । विश्वविद्यालय परिसरभित्र ठूला यातायातका साधन चलाउन निषेध गर्ने ।
३३) विद्यार्थीको अध्ययनपछि रोजगारीको व्यवस्था गर्न विशेष संरचना निमार्ण गर्ने ।
३४) कक्षाकोठा, खेल मैदान, खुल्ला मञ्च लगायतका भौतिक संरचनाको स्थापना विकास गर्न पहल गर्ने ।
३५) विश्वविद्यालयको नीति निर्माणमा विद्यार्थीको सहभागिता सुनिश्चित गर्ने ।
३६) छात्राको सुरक्षाका लागि हेल्पलाइन र परामर्श एवं उजुरी केन्द्रको स्थापना गर्ने ।
३७) विश्वविद्यालय परिसरलाई स्वच्छ र सुरक्षित बनाउने अभियान सञ्चालन गर्ने । विश्वविद्यालय र क्याम्पसलाई हरियाली र सुन्दर बनाउने ।
३८) शैक्षिक भ्रमण, खेलकुद लगायत अतिरिक्त त्रियाकलापका कार्यक्रमहरु शैक्षिक क्यालेण्डरमा राख्न पहल गर्ने । क्याम्पसहरुमा समाजवादी संस्कृतिको विकास गर्न पहल गर्ने ।
३९) त्रिविमा भएको अनियमितता, जग्गा दुरुपयोग लगायतका विषयमा संघर्ष गर्ने ।
४०) विदेशी विद्यार्थीहरु आकर्षित गर्न आवश्यक पाठ्यक्रम विकास एवं विषय थप र भौतिक पूर्वाधार निमार्ण गर्न पहल गर्ने । विदेशी विश्वविद्यालयसँग Student Exchange Program सुरु गर्न पहल गर्ने ।

प्रतिकृया दिनुहोस्