News Portal

आमा, तिम्रो सपना पूरा गर्ने बाकी छ..🖋️

दिक्षित सानु २०८१ फाल्गुण २८
४८ पटक

आमा, तिम्रो सपना पूरा गर्ने बाकी छ

आमा, तिम्रो सपना आँखामा बोकेर,
म अघि बढिरहेछु, हिम्मत जुटाएर।
तिमीले देखेको उज्यालो त्यो बिहानी,
अझै आउनु छ, अझै छ बाँकी।

हात समाई हिँडाउँदा मलाई,
तिमीले सिखायौ दुःखमा नझुक्नलाई।
मेरो खुसीमा आफैं हराएर,
मात्रै आशीर्वाद दिने तिमीलाई।

तिम्रा ती पीडाहरू भुलेको छैन,
त्यो बालेको चुल्हो मेटिएको छैन।
पसिनाले भिजेको त्यो आँचल,
अझै साँचेर राखेको छु म।

म अब न थाक्नेछु, न झुक्नेछु,
तिम्रो आशा पूरा गरेरै छोड्नेछु।
त्यो उज्यालो दिन, त्यो सुनौलो सपना,
आमा,सपनीमा तिम्रो आँखामा देख्नेछु।
आमा, तिम्रो सपना पूरा गर्ने बाकी छ..🖋️

प्रतिकृया दिनुहोस्