News Portal

कपिलवस्तुको कृष्णनगरबाट १४ किलो चरेशसहित ३ जना पक्राउ

जनगर्जन संवाददाता२०८१ फाल्गुण ११
५३५ पटक

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर २ यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति हरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा लगभग पन्ध्र किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। 

फाल्गुन १० गते करिब दिउसो २ बजेको समयमा कृष्णनगर बाट खटिएको ईलाका प्रहरीको बिशेष टोलीले उनीहरुलाई पक्राउ परेका छन। 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा राेल्पाकाे थवाङ गाउँपालिका-५ का ४८ वर्षीय प्रेम सरी राेका, रुकुमकाे भुमे गाउँपालिका-२ का ३६ वर्षीय सरिता पुन मगर र राेल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका- ९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।

निजहरू लाई रोकी चेकजाँच गर्दा निजहरुले सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। उनिहरुलाई जिल्ला अदालतबाट १० दिनकाे लागी म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए ।

 प्रेम सरी रोकाको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तु शुद्ध तौल ०५ (पाँच) किलोग्राम ९६८ (नौ सय अर्सठ्ठी) ग्राम Infinix कम्पनीको मोबाईल थान १ (एक), सरिता पुन मगरको साथबाट लागु औषध (चरेस) जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०५ (पाँच) किलोग्राम ६७८ (छ सय अठहत्तर) ग्राम, POCO कम्पनीको मोबाईल थान १ (एक), सुक लाल घर्ती मगरको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०३ (तिन) किलोग्राम १२८ (एक सय अठ्ठाईस) ग्राम, itel कम्पनीको मोबाईल थान १ (एक) गरी तिनै जनाको साथबाट कुल जम्मा १४ (चौध) किलोग्राम, ७७४ (सात सय चौहत्तर) ग्राम लागु औषध चरेस जस्तो देखिने चिजवस्तु, मोबाईल फोन थान ३ (तिन) फेला पारी रित पुर्वक बरामद भएको छ। 

प्रतिकृया दिनुहोस्