जनगर्जन संवाददाता२०८१ मंसिर २८
काठमाडौ । तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा फ्यानको मृत्यु भएपछि शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।
बिहीबार, अभिनेताले आफ्नोविरुद्ध दायर एफआईआर रद्द गर्न आग्रह गरेका थिए। अभिनेतालाई प्रहरीको गाडीमा लगेको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।
गत डिसेम्बर ४ मा अल्लु अर्जुन पुष्पा- २ को प्रिमियरको क्रममा अघोषित थिएटरमा पुग्दा उक्त घटना भएको थियो।