News Portal

फर्किए पुरानै घर एकीकृत समाजवादी बागलुङको पुरै जिल्ला कमिटी

दिनेश विकल्प२०८१ भाद्र १४
२४५ पटक

बागलुङ । नेकपा एकिकृत समाजवादीको बागलुङ जिल्ला कमिटीनै नेकपा एमालेमा समायोजन भएको छ यानकी पुन पुरानो घर फर्केका छ्न ।

एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लालवहादुर थापा र केन्द्रिय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई बागलुङमा एक कार्यक्रमका आयोजना गरेर पार्टीमा स्वागत गरेका छन ।

सो अवसरमा मन्तब्य राख्दै इन्चार्ज गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्दै अगाडि बढाउन र सामाजिक रुपान्तरणको आन्दोलनलाई थप उचाईमा पुराउन एकतावद्ध पार्टीबाट मात्रै सम्भव भएको वताए।

नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालवहादुर थापाले समाजवादीले फुटको औचित्य प्रमाणित गर्न नसकेको र अलग अलग रुपमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिंगो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको बताएका छन।

नेकपा एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसीले बागलुङबाट नयाँ सन्देश दिन यो समायोजनको कार्यक्रम आयोजना गरिएको वताए ।

कार्यक्रममा जिल्ला इन्चार्ज मना कुमारी केसी लगायत केन्द्र, प्रदेश र जिल्लाका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्