News Portal

हतियार देखाएर लुटपाट गर्ने चार जना पक्राउ

जनगर्जन संवाददाता२०८१ साउन १६
२५० पटक

पोखरा । पोखराको कास्कीमा धारिलो हतियार देखाएर लुटपात गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे गाउँपालिका–२ भराभरीका ५१ वर्षीय खड्कबहादुर पुन मगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर राना मगर, पोखरा नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।

उनीहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जाका शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाएर सुनका गरगहना, मोबाइल र नगद लुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका छन ।

सिक्री, तिलहरी १/१ थान, औंठी ३ थान र रिङ तीन जोर लुटिएको हो । यस्तै, मोबाइल एक थान र नगद एक लाख ७३ हजार रुपैयाँ चोरी भएको थियो । यो, घटना साउन ३ गतेको हो ।

बुधबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थपेर चोरी तथा डाका मुद्वामा अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्