News Portal

माओवादी बैठकमा बत्ति गएपछि ‘कुलमान’ को खोजी

जनगर्जन संवाददाता
२१० पटक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी रहेका बेला काठमाडौँका प्रज्ञा भवनमा नेताहरू बोलिरहँदा पटकपटक बत्ती गएपछि बैठक नै प्रभावित बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘शुक्रवार बैठक सुरु भएपछि झ्याप झ्याप बत्ती जाँदा बैठक नै प्रभावित बनेको छ’, ती केन्द्रीय सदस्यले भने, ‘बत्ती गएपछि नेताहरूले कुलमानको खोजी गरेका छन् ।’

बुधवारबाट जारी बैठकको आज शुक्रवार तेस्रो दिन पनि नेताहरूले बोल्ने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस्