News Portal

प्रचण्ड प्रतिपक्षमा पुगेपछि पहिलोपटक बस्यो समाजवादी मोर्चाको बैठक

जनगर्जन संवाददाता२०८१ माघ २
३८ पटक

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक बसेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बसेको हो । बामपन्थी झुकाव राख्ने संघीय संसदभित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउने तयारी गरेका छन् ।

बैठकमा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रा राय यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकले आगामी माघ १६ गते काठमाडौमा बृहतरुपमा आमसभा गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्