News Portal

  • नेकपाद्वारा ११औं पार्टी पुनर्गठन दिवसमा मोटरसाइकल र्‍याली

    जनगर्जन संवाददाता२०८१ मंसिर ६
    ८३ पटक

    काठमाडौं । नेकपाको ११औ पार्टी पुनर्गठन दिवसको अवसरमा आज भक्तपुरको सल्लाघारीदेखि कोटेश्वर, ललितपुरको सातदोबाटो, लगनखेल,जावलाखेल, पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डपमा कोणसभा गरेर सम्पन्न गरिएको छ ।

    आज विहान निकालिएको र्‍यालीको समापन गर्दै नेकपाका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले र्‍यालीमा सहभागी सबैलाई जबसका नेता कार्यकर्ता तथा ३ वटै जिल्ला (काठमाडौ, भक्तपुर , ललितपुर ) का नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए । र्‍यालीमा नेकपा जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवाद मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

    नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा भोली (मंसिर ७ गते) बेलुका ठाउँठाउँमा दिपावली गर्ने कार्यक्रम रहेको छ । साथै, पार्टी पुनर्गठन भएको दिन मंसिर ८ गते काठमाडौँमा प्रमुख वक्ता पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा बृहत र्‍यालीसहितको आमसभा गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्