News Portal

  • समस्या देखिएपछि उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजबाट यात्रुहरु ओरालिए

    जनगर्जन संवाददाता२०८१ भाद्र ३१
    ४० पटक

    काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा फेरी प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।

    बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा रहेको थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

    अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्