News Portal

  • शिवनगर नपा वडा ९ र गोल्डेन स्टार युवा क्लबको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न

    जनगर्जन संवाददाता२०८१ भाद्र २०
    ८३ पटक

     

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा ९ मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । उक्त तीज गीत प्रतियोगितामा नवदुर्गा स्वास्थ्य आमा समुह प्रथम भएको छ ।

    शिवराज ९ बनियाभारको हाटबजार स्थलमा वडाको आयोजना र गोल्डेन स्टार युवा क्लबको ब्यवस्थापनमा सम्पन्न तीज गीत प्रतियोगितामा १५ समुहलाई पछि पार्दै नवदुर्गा स्वास्थ्य आमा समुह पहिलो भएको हो ।

    प्रतियोगितामा सहभागी दर्शकले पहिलो पटक वडाले तीजको गीत मार्फत जनचेतनाका लागि राम्रो सन्देश दिने प्रयास गरेको बताएका छन ।

    तीज गीत लैङ्गिक हिंसा र लागु पदार्थ विरुद्धको शीर्षकमा रहेको थियो पचिल्लो समय हाम्रो समाजमा यस्ता गतिविधिहरु मौलाउदै गैइरहेकोले जनचेतनाको लागि यस्तो कार्यक्रम राखिएको हो । पछिल्लो समय तीज भड्किलो बन्दै जादा यस प्रतियोगिताले तीजको बास्तबिक महत्व बारे बुझाउने प्रयास गरेको सहभागी दर्शकको भनाई छ ।

    यस्तै प्रतियोगितामा मुना स्वास्थ्य आमा समुह बानियाभार दोस्रो ,शिवगढी आमा समुह तेस्रो भएका छन । प्रतियोगिताका बिजेता समुहहरुलाई वडा अध्यक्ष रामगोपाल चौधरीले नगद प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्