News Portal

  • क्यानले प्रदेशका खेलाडीहरुलाई पनि तलब दिने

    जनगर्जन संवाददाता२०८१ भाद्र १३
    ५७ पटक

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने निर्णय गरेको छ ।

    क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना उत्कृष्ट खेलाडीहरुलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।

    यो निर्णय सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस्