News Portal

  • टी–२० विश्वकप खेलेका क्रिकेट खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन रकम दिने

    जनगर्जन संवाददाता२०८१ भाद्र १३
    ५८ पटक

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका क्रीकेट खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम स्वरुप उपलब्ध गराउने भएको छ ।

    क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन रकम दिने निर्णय गरेको हो ।

    यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्