News Portal

समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सुरु

जनगर्जन संवाददाता२०८१ भाद्र ३
३८७ पटक

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा बसेको समाजवादी मोर्चा नेपालको सचिवालयको आजको बैठकमा राजनीतिक दस्ताबेज पेश भएको र उक्त दस्ताबेजमाथि छलफल जारी रहेको बताइएको छ ।

उक्त राजनीतिक दस्ताबेजलाई टुंगोमा पुर्याउन बुधबार पुन: सचिवालयको बैठक बस्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्