News Portal

नेकपाको सुर्खेत –काठमाडौं समाजवादी  मञ्च गठन ,अध्यक्षमा जंग ब. डागी चयन

विष्णु विश्वकर्मा२०८१ साउन २७
३९१ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सुर्खेत –काठमाडौं समाजवादी  मञ्च गठन भएको छ । आइतबार  काठमाडौंको राष्ट्रिय महिला आयोगको हलमा सम्पन्न कार्यक्रमको पहिलो भेलाले जङ्ग बहादुर डाङ्गीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जीत सीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज क. सुशील सीको प्रमुख आतिथ्यता तथा विशेष अतिथिको रुपमा नेकपाका पोलिटब्युरो सदस्य खुमा सी, नेकपा केन्द्रिय सदस्य  एवं श्रमिक समुदाय मोर्चाका अध्यक्ष क. रामलाल सी अतिथिहरु नेकपा केन्द्रीय सदस्य क. आरोही सी,  अन्य पदाधिकारीहरु तथा  कलाकार खगेन्द्र बिश्वकर्माको विशेष  उपस्थिति रहेको थियो ।

प्रथम भेलाले  सचिव – टेक बहादुर पाण्डे,सदस्यहरु धिरेन शाही,चक्र सलामी, सन्देश शाही,कुलदीप जंग शाही,अमर बहादुर बुढा ,चन्द्र बहादुर बि.क. सहित ७ सदस्यीय पछि थप्ने गरी १५ सदस्यीय कमिटी निर्माण गरेको छ । साथै खगेन्द्र विश्वकर्मालाई सल्लाहकार चयन गरिएको छ ।

प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थित वक्ताले  आफ्नो मन्तव्य राखेका छन । सुर्खेत -काठमाण्डाैं समाजवादी मञ्चले नेपाली विशेषताको समाजवाद निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र काठमाण्डाैंमा बस्नुहुने सम्पूर्ण सुर्खेतीहरुको चौतर्फी हितमा काम गर्नुपर्ने कुरालाई जोड दिएका छन ।

भेलाको संचालन अखिल समाजवादीका सचिवालय सदस्य तुलराज सीले गरेका थिए भने स्वागत कलाकार खगेन्द्र विश्वकर्मा गीत मार्फत गरेका थिए । उक्त कार्यक्रममा इन्द्रेणी का कलाकार खगेन्द्र बिश्वकर्माको दमदार साँगीतिक प्रस्तुति पनि रहेको थियो ।

प्रतिकृया दिनुहोस्