News Portal

  • विश्वासको मत लिदै सुदुरपश्चिमका मुख्यमन्त्री सोडारी

    जनगर्जन संवाददाता२०८१ साउन १८
    १२१ पटक

    काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन । आज  ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्ने भएका छन ।

    असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

    सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ।

    प्रतिकृया दिनुहोस्