News Portal

  • ध्रुबतारा सयपत्री सहकारी संस्थाद्वारा दुईदिने कार्यशाला

    जनगर्जन संवाददाता
    ९९ पटक

    ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा एवं महिला स्वास्थ्य सचेतना सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ।
    सहकारिमा आबद्ध महिला सदस्यहरुकालागी असार २३ र २४ गते बुटवलको एसीयन होटलमा सम्पन्न कार्यक्रमको उद्घाटन रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष वसन्त ढकालले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीहरु सहकारीका आधारभुत मूल्य, मान्यता र आदर्शहरुबाट संचालित हुनुपर्ने बताए । उनले रुपन्देहीमा स्थानीय तहबाट संचालित सहकारीहरु सुरक्षित रहेको बताउँदै पछिल्लो समय केही सहकारीहरुमा देखिएका समस्याहरु सहकारी मान्यता बिपरितका गतिबिधिका कारण उत्पन्न भएको ठोकुवा गरे । कार्यक्रमको प्रमुख अतिथि रहेका ढकालले महिलाहरुमा बित्तिय साक्षरता भयो भने घरपरिवार मात्र नभै समाज परिवार र राष्ट्रमा समेत सहि आर्थिक गतिबिधि हुने भन्दै महिलाहरुमा रहेको आर्थिक अनुशासनको प्रशंसा समेत गरेका थिए ।
    संस्थाका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षता संचालक सदस्य सुमित्रा खनालको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन संचालक सदस्य एवं महिला तथा सामाजिक परिचालन उपसमिति संयोजक सारदा खनालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराई, लेखा सुपरिवेक्षण समिति संयोजक पशुपति पौडेल लगायतले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने पहिलो दिनको प्रशिक्षण शेसनमा संस्थाका अध्यक्ष मानबहादुर कुँवरले संस्थाको बर्तमान अवस्था, निवर्तमान अध्यक्ष तुलसिराम शर्माले सहकारीका सिद्धान्त, महिला बित्तिय साक्षरता सम्बन्धि प्याब्सन देबदह अध्यक्ष रामबहादुर गुरुङ्ग , साईबर सुरक्षा सम्बन्धि लोकप्रसाद भुषाल र प्रताप केसीले सहजिकरण गरेका थिए ।
    यस्तै दोस्रो दिनको सेसनमा हाडजोर्नि तथा नसारोग बिशेषज्ञ डाक्टर युधिष्ठिरराज खड्का र महिला तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर प्रीति खरेलले स्वास्थ्य सचेतना सम्बन्धी, राजन ढकालले जीवन जिउने कला तथा तनाब ब्यबस्थापन सम्बन्धी र बिन्दु अर्यालले अर्टिजम सम्बन्धी सहजीकरण गरेका थिए । बिच बिचमा सांस्कृतिक प्रस्तुतिहरु समेत राखिएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष विनोद खनालले धन्यबाद ज्ञापन गरेका थिए भने सहभागिहरुका तर्फबाट छमकला न्यौपाने, सुमित्रा गैरै, भगवती अधिकारी, सुनिता केसी, दिव्या पोखरेल, रिना श्रेष्ठ, मिना थापा लगायतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्