News Portal

चट्याङ लागेर २ जनाको मृत्यु

जनगर्जन संवाददाता२०८१ आषाढ ४
१८८ पटक

काठमाडौँ । मकवानपुर र पाल्पामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त र मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका २ थुम्की का ४५ को वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाइते भई भएका थिए।

गएराति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो। घरमै बसिरहेका बेला चट्याङले लागेको थियो। गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए। पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ।

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका २ थुम्की का ४५ को वीरबहादुर प्रजालाई आज बिहान पौने ८ बजे हेटौडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्