News Portal

  • माल्कोट ‘सी गाउँ’मा महिला हिंसा न्युनिकरणको अभियान संचालन हुदै

    वसन्त वि. क.२०८१ जेठ २८
    १०८ पटक

    कालिकोट । जिल्लाको माल्कोट स्थित ‘सी गाउँ’का महिलाहरुले महिला हिंसा न्युनिकरणको अभियान संचालन गर्ने भएका छन । सी गाउँका महिलाहरुले गाउँमा जाडँ रक्सी खाएर महिला हिंसा गर्ने पुरुषहरु विरुद्ध निरन्तर अभियान संचालन गर्ने निर्णय गरेका हुन ।

    उनीहरुले समाजलाई सभ्य र सी संस्कृति समाज स्थापित हुने गतिविधिहरु मात्र गाउँमा लागु गर्न पाईने निर्णय गरेका छन । सभ्य समाज र सी संस्कृति विरुद्ध जाने जोकोहीमाथि महिलाहरुले उचित सजाय पनि दिनेछन

    माल्कोट सी गाउँ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको जन्म गाँउ पनि हो । यो गाउँलाई नेकपाले करिब २ बर्ष अघि सी संस्कृतिको निर्माणको नमूना गाउँ बनाउन सी गाउँ घोषणा गरेको थियो । त्यही सीका महिलाहरु अहिले सक्रिय हुदै गाउँमा महिला हिंसा गर्न नदिने अभियानमा लाग्न थालेका हुन ।

    सी गाउँका महिलाहरुले महिला हिंसा न्युनिकरणको अभियान संचालन गर्ने मात्र होईन गाउँमा सी संस्कृतिको पनि लागु गर्ने अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन ।

    सोमबार माल्कोट सी गाउँमा बसेको महिलाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको केन्द्रीय उत्पादनको नीतिलाई आत्मसात गर्दै यो बर्ष भट्मास,सिमी,खुसार्नी र थान रोप्ने निर्णय पनि गरेको छ ।
    सी गाउँका महिलाहरुले सी संस्कृति कार्यान्वय गर्न संगठन सुदृढ र विस्तार गर्ने पनि निर्णय गरेका छन् । बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्र्चाज विवेक सीले सम्बोधन गर्दै बहादुर इतिहास निमार्ण गरेका सी गाउँका महिलाहरुले फेरी पनि बहादुरीताको इतिहास निमार्ण गर्नु पर्ने बताए ।

    उनले पार्टीको केन्द्रीय योजना र नीतिलाई सी गाउँका महिला दिदि वहिनीहरुले अझै सक्रियताका साथ लागु गर्नेछन भन्नेमा पार्टी विश्वस्त रहेको बताए ।

    बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी बलवान सीले महिलाहरुले जनयुछ र एकीकृत जनक्रान्तिमा ठुलो योगदान पुर्याएको भन्दै सपना पुरा नभएकाले अझै पार्टीको अपेक्षा पुरा गर्न आग्रह गरे ।
    बैठकमा नेकपाका केन्द्रीय सदस्य अविचल सी,जिल्ला सदस्य भेरी सी,छायाँ सी निर्मल सी लगायतको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता कल्पना सीले गरेकी थिईन ।

    प्रतिकृया दिनुहोस्