News Portal

  • नेकपा बर्दियाद्वारा रेडियम सीको निधनप्रति श्रद्धाञ्जली

    जनगर्जन २०८१ जेठ २०
    १७१ पटक

    बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयमा कार्यरत भिमहादुर सी (रेडियम) को असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
    नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले शनिबार एक शोक वक्तव्य जारी गर्दै क्रान्तिकारी योद्धा रेडियमको निधनले पार्टीलाई अपूरणीय क्षेती पुगेको भन्दै दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
    नेकपा बर्दियाले जारी गरेको शोक वक्तव्यमा भनेको छ ‘बुवा रत्न बहादुर नेपाली र आमा कासी कुमारी नेपालीको कोखबाट २०३० जेठ ७ गते जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडानम्वर ३ मा जन्मेर हाल बर्दिया जिल्ला मधुबन नगरपालिका वडा नम्बर ९ तारातालमा बस्दै आउनु भएका हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एवम केन्द्रीय कार्यालयमा कार्यरत कमरेड भिम बहादुर सीको आज विहान ७ बजे भएको असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ ।’
    नेकपाले दुखत क्षणमा रेडियमको जीवनसंगीनी कस्तुरा नेपाली छोरा छोरी लगायत सम्पूर्ण घरपरिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
    नेकपाले शोक वक्तव्यमार्फत महान जनयुद्धमा २०५४ सालदेखि समाहित भएर प्राविधिक ज्ञान भएका रेडियमले आफ्नो भौतिक जीवनको प्रवाह नगरी देश र जनताका लागि अमुल्य योगदान पुर्याएकोमा सम्मान गर्दै उनको वैज्ञानिक समाजवादको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्