News Portal

  • स्थगित भयो प्रतिनिधिसभा बैठक,अर्को बैठक जेठ १३ मा बस्ने

    जनगर्जन संवाददाता२०८१ जेठ ११
    १४२ पटक

    जेष्ठ ११,काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन। प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए ।

    प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राख्दै सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराएका थिए ।

    शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।

    प्रतिकृया दिनुहोस्