News Portal

  • शिवगढी किल्ला अवलोकन शिवगढी युवा सन्जाल

    जनगर्जन संवाददाता२०८१ जेठ ११
    १३५ पटक

    जेष्ठ १० कपिलवस्तु । शिवगढी युवा संजालको आयोजनामा आज जेष्ठ १० गते ऐतिहासिक किल्ला तथा धार्मिक स्थल शिवगढी मन्दिरको। अवलोकन सहित किल्ला क्षेत्रमै स्थलगत समीक्षा बैठक सम्पन्न भएको छ।

    शिवगढी युवा संजालका अध्यक्ष श्री पर्शु के.सी को नेतृत्वमा सम्पन्न अवलोकन भ्रमण तथा “ऐतिहासिक शिवगढी बैठक” ९ नं. वडा शिवगढीका वडा अध्यक्ष श्री रामगोपाल थारु ज्युको प्रमुख आथिथ्यता सम्पन्न भएको हो।साथमा वरिष्ठ युवा राजनितिज्ञ तथा पर्यटन विकास संस्थाका वरिष्ठ उपाध्यक्ष श्री बिनोद सी(पावेल) इप्रका सुन्दरीडाँडा प्रमुख प्रहरी निरिक्षक श्री अर्जुन बि.क. ज्यु,शिवगढी पर्यटन विकास संस्थाका उपाध्यक्ष सुरज पल्ली ज्यु, सचिव दिपेन्द्र निरौला ज्यु,युवा संजालका सचिव श्री विक्रम के.सी ज्यु, सदस्यहरु श्री यादव चन्द ज्यु,श्री मन बहादुर सहकारी ज्यु,श्री वीर बहादुर थापा ज्यु, श्री अतीत पुन ज्यु,श्री राजेन्द्र बोहोरा ज्यु लागायत २ दर्जनबढी समाजसेवी वुद्धिजिवी व्यक्तित्वहरुको सहभागिता रहेको थियो। भ्रमणले किल्लाक्षेत्र तथा आसपासका सम्पदाहरुको अवलोकन समेत गरेको छ।

    ऐतिहासिक अवलोकन बैठकले भ्रमणको समिक्षायात्मक छलफल गर्दै केही दिनअगाडी केही असामाजिक, अराजक तत्वहरुबाट मन्दिर तथा किला परिसरमा राखिएको जेनेरटर तथा खानेपानी पाईपहरुमा आगजानी गरि पुराएको क्षतीको स्थलगत अनुगमन गर्दै आगजनीबाट भएको क्षतीको आकलन सहित त्यस्ता अराजक बिध्वंसकारी तत्वहरुको यथासिघ्र पहिचान गरि कडा कारवाही सहित क्षतीपुर्ती असुलीका लागि ९ नं
    वडाको अगुवाईमा इप्रका सुन्दरीडाँडा समक्ष अनुरोध गरेको छ। पटक पटक यस्ता गतिबिधी भैरहदासम्म पनि स्थानिय गौरवका यस्ता बहुमुल्य सम्पदाको रक्षा हुन नसकेकोप्रती चिन्ताव्यक्त गर्दै धरोहरको सुरक्षा प्रवन्धमा विशेष ध्यान दिन संजालको तर्फबाट ९ नं वडाका वडा अध्यक्ष राम गोपाल थारुमार्फत स्थानिय सरकार तथा नगरप्रमुख अजय थापासमक्ष अपिल गरिएको सचिव विक्रम के.सी. ले जानकारी गराउनुभएको छ।

    प्रतिकृया दिनुहोस्