News Portal

कपिलवस्तु मा बाडिले बगाएर एक जनाको मृत्यु

जनगर्जन संवाददाता२०८१ बैशाख ३०
२५३ पटक

 कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम नजिकै शव फेला परेको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजेतिर  दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए। लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा शव फेला परेको रायमाझीले बताए।

 

प्रतिकृया दिनुहोस्