News Portal

  • नेकपा महासचिव विप्लवलाई रसुवामा भव्य स्वागत

    जनगर्जन संवाददाता२०८१ बैशाख १५
    ५४ पटक

    रसुवा – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी हिमाली जिल्ला रसुवा पुगेका छन् । अबेर राती रसुवा पुगेका विप्लवलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् ।

    जिल्लाको कालिकास्थानस्थित कालिका उच्च माविको सभाकक्षामा ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन रसुवा पुगेका विप्लवलाई स्थानीय जनताले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

    शनिबार हुने कार्यक्रममा विप्लव सी प्रमुख अतिथि रहने छन् भने नेकपा (एस) का राजेन्द्र लोहनी, नेकपाका सागर सी, नेकपा (माके) का इन्द्र गौतमलगायतले मन्तब्य राख्ने कार्यक्रम रहेको छ । कार्यक्रम समाजवादी मोर्चा नेपाल, रसुवाको आयोजनामा हुन लागेको हो ।

    विप्लव नुवाकोटमा सहिद परिवारलाई भेट्दै अवेर राती कालिकास्थान पुगेका हुन ।

    प्रतिकृया दिनुहोस्