News Portal

  • नेकपा महासचिव विप्लवद्वारा केन्द्रीय कार्यालयमा झण्डात्ताेलन

    जनगर्जन संवाददाता२०८० फाल्गुण १
    ५७ पटक

    कपिलवस्तु – २९औं जनयुद्धकाे अवसरमा नेकपा महासचिव विप्लव सीले केन्द्रीय कार्यालय कपिलवस्तुमा झण्डात्ताेलन गरेका छन् । मंगलबारबार पार्टीकाे केन्द्रीय कार्यालय प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टीकाे झण्डा फहराएर झण्डात्ताेलन गरेका हुन् ।

    झण्डात्ताेलनमा नेकपा स्थायी समिति सदस्य अनिल सी, पाेलिटव्युराे सदस्यहरू असल सी, धुर्ब सी, आजाद सी, केन्द्रीय सदस्यहरू अडिग सी, आराेह सी, विजय सी, हेमन्त सुनिल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    झण्डात्ताेलनमा जनस्वयम् सेवकले कम्युनिस्ट पार्टीकाे झण्डाको सलामी अर्पण गरेका थिए ‌‌‌‌। साथै महासचिव विप्लवलाई पनि सलामी अर्पण गरेका थिए ।

    साे अवसरमा अतारवाणी, बेलुन फकेर तथा व्यानर प्रदर्शन गरिएकाे थियाे । कार्यालयमा जनयुद्ध दिवसको अबसरमा आयोजित औपचारिक कार्यक्रम जारी छ ।

    प्रतिकृया दिनुहोस्