News Portal

  • शिवशक्ती युवा क्लब शिवपुरले २३औं  सुर्यमुखी कप २०८० को बिजयी बनेको छ ।

    जनगर्जन संवाददाता
    १३४ पटक

    कपिलवस्तु : शिवराज नगरपालिका वडा न: ९ बिजगौरी , प्रतापुर खेल मैदानमा पुस २३ बाट सुरु २३औं  सुर्यमुखी कप २०८० माघ ५ गते सम्पन्न भएको छ।

    शुक्रबार सम्पन्न २३औं सुर्यमुखी युवा क्लबले फाईनल खेल नवसृजनशिल युवा क्लबलाई ० को विरुद्ध ३ गोल गर्दै सुर्यमुखी कप बिजयी भएको छ । बिजेता उपबिजेता टिमहरुलाई बधाई दिदै प्रमुख अतिथि मिर्जा रासिद बेगले खेल हार जितको अभिन्न अंङ्ग भएकाले यो सवै खुसि हुनु पर्ने र आगामि आउने दिनमा यो ठाउँलाई माया ममता रहने प्रतिबद्धता पनि गरेका थिए । यसैगरि कार्यक्रमका अतिथि जिल्ला फुटबल संधका अध्यक्ष तिलक थापाले पनि खेलाडीलाई बधाई तथा शुभकामना सहित आगामि आउने २०८१ को २४औं सुर्यमुखी कपमा १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउदै खेलाडी र आयोजक लाई पुर्ण धन्यबाद दिनु हुदैं कपिलवस्तु जिल्लामै लामो इतिहास बोकेर आफ्नो खेललाई निरन्तरता दिएको एक मात्रै सुर्यमुखी युवा क्लब रहेको बताउनु बताएका छ।

    अर्का बिशिस्ट अतिथि नेपाल खेलकुद परिसद कपिलवस्तु जिल्ला अधयक्ष पदम प्रताप सेन ले पनि शुभकना तथा बधाई मन्तब्य राख्नु भएको थियो भने यसै गरी शिवराज नगरपालीका वडा न: ९ का अध्यक्ष राम गोपाल थारुले युवा र खेलाडिलाई  स्थानीय सरकारको तर्फबाट भरपुर्ण सहयोग रहने बताएका हुन।

    यो उपाधी जित पछि शिवशक्ती युवा क्लब तेस्रो स्थानमा पुगेको छ यस अघि स्पोर्टिङ तुरुन्तपुर र शिवशक्ती युवा ३ पटक उपाधी जितेर तेस्रो स्थानमा रहेका थिए। यो जित संगै स्पोर्टिङ भन्दा अघि र सुर्यमुखी भन्दा पछि रहेको छ । फुटबल क्षेत्रमा लामो ईतिहास बानएकाे सुर्यमुखी कपको प्रथम स्थानमा गोल्डेन स्टार युवा क्लब बानियाभार रहेको छ। जसले ७ पटक सुर्य मुखी कप आफ्नो हातमा पारेको थियो।
    दोस्रो स्थानमा रहेको सुर्यमुखी युवा क्लबले ५ पटक उपाधी आफ्नो हातमा लिएको थियो । पहिलोपटक फाईनल पुगेको नवसृजशिलले उपाधी नजिक पुगेर उपबिजेतामै सिमित रहेर बाहिरिएको छ ।

    आज भएको तृतीय स्थानको लागि पहिलो खेलमा अञ्चलपुरलाई पराजित गर्दै तृतीय भएको छ ।
    पहिलो स्थान -बिजेता शिवशक्ति युवा क्लबले २३औं सुर्यमुखी कप संगै नगद ५४ हजार ५ सय प्रमाणपत्र र मेडल उपाधी लिएको छ ,दोस्रो स्थान – २३औं सुर्य मुखी कप नवसृजनशिल युवा क्लबले नगद २७ हजार ५ सय २३औं सुर्यमुखी कप मेडल र प्रमाणपत्र उपाधि लिएको छ,तेस्रो ग्रीन भिजन युवा क्लबले १३ हजार नगद कप मेडल र प्रमाणपत्र आफ्नो हातमा पारेको छ।

    महिला तर्फ सुर्यमुखीले बिजगौरीले स्पोर्टिङ तुरुन्तपुरलाई पराजित गरेको छ बिजेता सुरमुखीले २० हजार नखद र कप, मेडल, प्रमाणपत्र, उपाधी जितेको छ, उपबिजेता स्पोर्टिङ तुरुन्तपुरले १० हजार नखद र कप, मेडल, प्रमाणपत्र,उपाधि जितेको छ ।
    प्रमुख अतिथि मिर्जा रासिद बेग र बिशिस्ट अतिथि सिवराज नगरपालिका वडा न: ९ का वडा अध्यक्ष  राम गोपाल थारु र सुर्य मुखी युवा क्लबका अध्यक्ष ज्ञानु बिकले सम्मान तथा पुरस्कार बितरण गर्नु भएको थियो ।

    सो कार्यक्रमको संचालन सुर्य मुखी क्लबका सदस्य मनबहादुर सहकारी (देउवा) ले गरेका थिए।

    प्रतिकृया दिनुहोस्