News Portal

  • सुन तस्करी प्रकरण : थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ 

    जनगर्जन संवाददाता
    १४२ पटक

     

    काठमाडौं । हङकङबाट नेपालमा कार्गो मार्फत सुन तस्करी गरेको आरोपमा थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानका लागि केही युवतीहरुलाई नियन्त्रणमा लिएको हो। तर, सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि हुन सकेको छैन। पक्राउ परेका युवतीहरु भारतीय हुन्।

     

    उनीहरुमार्फत सुन तस्करी गिरोहको बारेमा थप सूचना प्राप्त हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ। संलग्नता पुष्टि नभएकाले उनीहरुलाई संगठित अपराध कसुरमा नभइ अन्य मुद्दामा म्याद थप गरेर थुनामा राखिएको स्रोत बताउँछ।

    करिब ६० किलो सुन तस्करीमा जोडिएका चिनियाँ मुलका नौजना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। गिरोहका नाइकेहरुले काठमाडौंमा घर भाडामा लिएर आफ्ना प्रेमिका राख्दै आएका थिए। भारतीय युवतीहरू राखिएका धुम्बाराही र मन्डिखाटारका दुई घरमा सिआइबीले छापा हानेको थियो।

    प्रतिकृया दिनुहोस्