News Portal

बाग्लुङ लोकतान्त्रिक चोकमा सामना परिवारको भब्य सांस्कृतिक कार्यक्रम

जनगर्जन संवाददाता
५२८ पटक

सामना परिवारले बाग्लुङको लोकतान्त्रिक चोकमा भब्य सांस्कृतिक कार्यक्रम गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले संचालन गरेको बैज्ञानिक समाजवाद लागी सामना अभियान बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर -२ लोकतान्त्रिक चोक सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका पिवीएम आजत सी ,धौलागिरी व्युरो इन्चार्ज विकिरण जिल्ला इन्चार्ज ,सचीव लगायत सयौं जनसमुदाय उपस्तिथि रहेको थियो। कार्यक्रम सम्बोधन गर्दै पार्टी पीविएम कमरेड आजाद सीले नेपाली जनताकोको मुख्य दुश्मन भनेको विद्यमा दलाल संसदीय पुँजीवादी व्यवस्था भएकाले यो ब्यवस्थाको जरैदेखि फाल्नु पर्ने भएकाले नेपाली जनता जाग्नु पर्ने र उठ्नु पर्ने बताउनु भो । पार्टीको झण्डा भन्दा माथी उठेर एक चोटि देशका लागि लड्नु पर्ने बताउनु भो । एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक सामजवाद ल्याउनका लागि सबै देश भक्त नेपाली जनतालाई आवान पनि गर्नु भयो ।

कार्यक्रममा व्युरो इन्चार्ज विकिरणले लघुवित्त संस्था ले जनताको ढाड सेक्नेगरी लुटेको जिकिर गर्नु भर्यो। जनता लाई उठिबास गरेको छ । यो राज्य तै चुम मैचुप भएर बसेको छ । राज्यले लुटेरा ठगहरुलाई कार्वाहि नगर्ने हो भने हामी पार्टी नेकपाले गर्ने उघोष गर्नु भयो । सामना अभियान मध्य पहाडी रावमार्ग क्षेत्रमाका जिल्लाहरुमा चलिरहेको छ । सामना अभियान को नेतृत्व आरोह सीले गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्