News Portal

फिल्म तथा म्युजिक भिडियोमा देखिदै आएकी बर्षा बनिन स्किन सिटीको सिइओ

जनगर्जन संवाददाता
७१४ पटक

काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटी स्किन नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छन् । सिइओमा नियुक्त भएसँगै बर्षाले अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडि बढेको बताइन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै शुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा समेत उनले राखेकी छन् ।‘स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ’ उनले भनिन् ‘मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु ।’

हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना आफ्नो रहेको उनले सुनाइन् । फिल्म तथा म्युजिक भिडियोमा देखिदै आएकी बर्षाको पछिल्लो फिल्म ‘परदेशी २’को सुटिङ भइरहेको छ ।

प्रतिकृया दिनुहोस्