News Portal

काठमाडौंमा ‘बालेन’ ४९ सय मतले अग्रस्थानमा अघि बढदै

जनगर्जन संवाददाता
६८६ पटक

३ जेष्ठ, काठमाडौं    बैशाख ३० मा भएको स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले पछाडी पारिरहेका छन्। यो मतान्तर घण्टा घण्टामा बढिरहेको छ।

यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। उनले ४ हजार ८ सय ६८ मत प्राप्त गरेकी छिन्। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन। उनले ७ सय १४ मत प्राप्त गरेका छन्।

मतगणना सुरु भएयतानै यी दुई प्रतिस्पर्धीबीच मतान्तर बढिरहेको छ। र, बालेनले अग्रता लिइरहेका छन्। मंगलबार बिहानको पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ४ सय १ मत प्राप्त गरेका छन्। मतगणना सुरु भएदेखिनै उनी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थापितले ५ हजार ६ सय १ मत प्राप्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस्