News Portal

काठमाडौंको मेयर पदमा बालेनको अग्रता कायमै

जनगर्जन संवाददाता
४९५ पटक

१ जेष्ठ, काठमाडौँ  अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र बाट उम्मेदवार दिएका बालेनको अग्रता भने कायमै रहेको छ। बालेन साहले २६०१ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार बालेनले २६०१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थपितले भने १४१५ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन्। भने राप्रपाका मदनदास श्रेष्ठले २१४ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्