News Portal

श्रमिक मोर्चा काठमाडौ – त्रिपुरा सुन्दरी सम्पर्क समिति गठन

जनगर्जन संवाददाता२०८१ चैत्र ११
२२६ पटक

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाबाट काठमाडौंमा बसोबास गर्ने श्रमिकहरूको प्रतिनिधित्व गर्न श्रमिक मोर्चा त्रिपुरा सुन्दरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। ललितपुरको इमाडोलमा आयोजित भेलाले विराज ल्वागुनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो।

समितिमा तीन जना उपाध्यक्षहरू नवराज बिक, मदन खाती, कुमार गदाल, सचिव दिपेन्द्र रसाइली, सह-सचिव हिरा ल्वागुन, कोषाध्यक्ष कुमार ल्वागुन र सदस्यहरूमा कृष्ण गदाल, सन्तोष ल्वागुन, दिपक ल्वागुन, कर्ण घतानी, दिपेन्द्र गदाल, यमरण ल्वागुन, चन्चली ल्वागुन, हिरा ल्वागुन र आशिष ल्वागुन रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका अन्य केन्द्रीय सदस्यहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा श्रमिक समुदायको अधिकार, नेपाली समाजवाद र समसामयिक राजनीतिक परिस्थितिमा आम जनताको भूमिकाबारे प्रशिक्षणमूलक मन्तव्य राखिएको थियो । कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए।

प्रतिकृया दिनुहोस्