News Portal

जनयुद्धले गणतन्त्र ल्यायो, तर गणतन्त्र जनताको बन्न सकेनः विप्लव सी

जनगर्जन संवाददाता२०८१ फाल्गुण १
९१ पटक

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा महान जनयुद्धले गणतन्त्रसम्म देशलाई ल्याएको भएपनि गणतन्त्र भनेजनताको हुन नसकेको बताएका छन ।

३० औं जनयुद्ध दिवसका अवसरमा विहिवार एक शुभकामना सन्देश दिदै महासचिव विप्लव सीले जनयुद्धले गणतन्त्रसम्म देशलाई ल्याएको भए पनि गणतन्त्र भने जनताको हुन नसकेको बताएका हुन ।

उनले जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने आम श्रमिक जनताले अझै पनि गरिबी, विभेद, उत्पीडनबाट उन्मुक्ति पाउन नसकेको बताए ।
महासचिव विप्लवले देशले साम्राज्यवादीहरुको हैकम, हस्तक्षेपबाट स्वाधीनता छुटकरा नपाएको उल्लेख गर्दै अस्थिरता, अन्यौंलता, अराजकता, संकट व्याप्त भएको र दलाल पुँजीवादी सत्ता र जनताका बीचमा संघर्ष चलिरहेको बताए ।
महासचिव विप्लवले आम नागरिकहरुलाई देशको अग्रगमनका लागि एकताबद्ध भएर अगाडि बढ्न विशेष आग्रह गर्दै समाजवादी मोर्चाका सहयात्री पार्टीहरु, समाजवाद पक्षधर मित्र पार्टी एवं व्यक्तित्वहरुलाई एकता र मोर्चाका लागि अपिलसमेत गरे ।

उनले आउँदो दशक समाजवादीमय बन्ने निश्चित भएको ठोकुवा गर्दै शान्ति, स्थिरता, स्वाधीनता, समानताका लागि समाजवाद अपरिहार्य आवश्यकता बनिसकेको दावी गरे ।

महासचिव विप्लवले नेपाली जनताको महान मुक्ति पर्वमा देश विदेश सबैतिर हर्षउल्लासका साथ सहभागि बन्न अपिल गर्दै नयाँ विजयप्रति प्रतिबद्ध बन्न सम्पूर्णमा आह्वानसमेत गरे ।

महासचिव विप्लव सीले नेकपाले जनताको गणतन्त्र समाजवादी गणतन्त्रका लागि संघर्ष गरिरहेको जनाउदै सत्तासिन वर्ग एवं शासकहरुले जतिनै धाकधम्कि दिए पनि समाजावदी आँधीलाई रोक्न सम्भव नभएको ठोकुवा गरे ।

प्रतिकृया दिनुहोस्