काठमाडौ । श्रमिक समुदाय मोर्चा, नेपालले हालै देशका विभिन्न ठाँउमा भएका छुवाछूत एवम् बिभेदका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।मोर्चाका अध्यक्ष रामलाल सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न र समस्याको स्थायी समाधानका लागि सरकारसङ्ग माग गरेको हो।
अध्यक्ष रामलालद्वारा जारी बिज्ञप्तिमा अछाम, सर्लाही र रौतहटमा भएका तीन मुख्य घटनासहित देशभर भैरहेका छुवाछूत व्यबहारप्रति निन्दा एवम् भ्रत्सना गरिएको छ।
बिज्ञप्तिमा गृहमन्त्री रमेश लेखक कै संरक्षण एवं सक्रियतामा यसप्रकारको घटना घटनाइनु अत्यन्तै निन्दनीय एवं दुःखद परिघटना भएको भन्दै रक्षक नै भक्षक भएपछि पीडितहरुले कसको आशा गर्ने ? भनि गम्भीर ढङ्गले प्रश्न समेत गरिएको छ।
त्यस्तै,नेपालको संविधान, जातीय भेदभाव र छुवाछूत (कसुर तथा सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानून अनुसार उक्त घटनाका दोषीहरुलाई कार्वाही गर्न एवं पीडितलाई क्षतिपूर्ति दिन र श्रमिक समुदायमाथिको यस्ता अपराधिक घटनाहरुको स्थायी समाधानका लागि विशेष नीति तथा कार्यक्रम घोषणा गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं – जारी बिज्ञप्तिमा भनिएको छ।
बिज्ञप्तिको पूर्णपाठ: