News Portal

थोल्म हत्याकाण्डको २४ औं स्मृति दिवस मनाईदै

वसन्त वि. क.२०८१ पौष २७
४० पटक

२७ पुस, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द)्र रास्कोट नगरकमिटीको संयुक्त आयोजनामा आज २४ औं थोल्म हत्याकाण्ड स्मृति दिवस मनाइदै छ ।

२४ बर्ष अघि २०५७ साल पुस २७ गते आजैका दिन फूकोटको थोल्मगाउँमा तत्कालिन हत्यारा प्रहरी जत्थाले माओवादीका जिल्ला स्तरका २ नेता विवस, इन्द्रजीत र १जना छापामार सदस्य मदनको विभत्स हत्या गरेका थिए ।
स्युनाको मौलाकोट प्रहरी चौकीवाट सिआईडी सुराकीको योजनामा गस्तीमा गएको प्रहरीले सो हत्याकाण्ड गरेको हो ।
थोल्मगाउँमा नेकपा (माओवादी)ले पुस २७ गते शिक्षकहरुको अन्तरक्रिया कार्यक्रम राखेको थियो । अन्तरक्रिया कार्यक्रम सुरु नहुदै प्रहरीले घेरा हालेपछि लडाई सुरु भएको थियो ।
माओवादीको तर्फवाट ६ जना छापामार सदस्य र उनीहरुको पनि हातमा बन्दुर मात्र रहेको थियो ।

कार्यक्रममा सहभागी हुन शिक्षक र कार्यकर्ताहरु आउन सुरु गरेका थिए । करिव २५ बढी शिक्षक तथा कार्यकर्ता आईसकेका थिए ।

माओवादी छापामारको हातमा बन्दुक मात्र भएकाले लडाई धेरै लड्न सक्ने अवस्था थिएन । अत्याधुनिक हतियार सहित गस्तीमा पुगेको २५ जनाको प्रहरी जत्थाले अन्तत माओवादी नेता कार्यकर्तालाई भिरतिर लखेटन पुग्यो । बाटो समेत अप्ठयारो र भाग्न नसक्ने ठाउँ भएकाले माओवादी तर्पm ठुलो क्षति भयो ।

चारैतिर प्रहरीको गोलीको वर्षा भएपछि नेकपा माओवादीका तत्कालिन जिल्ला पार्टी सचिवालय सदस्य तथा रास्कोट एरियाका इन्चार्ज विश्वनाथ योगी (विवस), जिल्ला पार्टी सदस्य तथा वाजुरा एरिया इन्चार्ज पुष्पराज न्यौपाने (इन्द्रजीत) र छापामार सदस्य मदनको प्रहरीको गोलीवाट उच्च साहदत्त भएको थियो ।

हत्याराा प्रहरीले घाईते अवस्थामा कव्जा गरेका इन्द्रजीत र मदनलाई चरम यातना दिएर हत्या गरेका थिए ।
सोही घटनालाई विप्लव नेतृत्वको नेकपाले हरेक बर्ष स्मृति दिवस मनाउदै आएको छ । यो बर्ष भने नेकपा र नेकपा (माओवादी केन्द)्रको संयुक्त आयोजनामा सहिद इन्द्रजीतको गाउँ चुत्रिकोटमै स्मृति दिवस मनाउन लागेको नेकपाले जनाएको छ ।

कार्यक्रममा सहिदहरुको फोटोमा माल्याअर्पण गर्नुका साथै सहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्